अछाम /अछाममा ओछ्यानमा आगो सल्किदाँ एक शिशु गम्भीर घाइते भएका छन् ।
सुताएर राखेकाे अवस्थामा ओछ्यानमा आगलागी हुँदा घाइते हुनेमा जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका-८ बारलाका विन्द्रा विकका ४५ दिनका शिशु गणेश विक रहेकाे अछाम प्रहरीले जनाएको छ । घाइते शिशुको बायाँतिरको शरीर जलेको छ । घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राती नै प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएकाे छ ।
घटना आइतवार बेलुकी करिब सवा ७ बजेतिर घटेकाे अछाम प्रहरी स्राेतले जनाइएकाे छ । प्रहरीकाे अनुसन्धान अनुसार घरको भान्सामा बेलुका खाना पकाई रहेको बेला अगेनाको छेउमा शिशुलाई सुताएर आमा बिन्द्रा घर बाहिर गएपछि ओछ्यानमा आगो सल्किएर बालक जलेको हाे ।











