युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा गएराती आएकाे असिना पानीले हिउँदे खेतीपाती तहसनहस पारेकाे छ ।

दिउँदमा खडेरीकाे चपेटामा परेकाे खेतीपाती केही दिन पहिले परेकाे पानीले जाेगिएकाे भएपनि गएरातीकाे भिषण असिना पानीले खेतीपाती तहसनहस गरेकाे किसानहरूले बताएका छन् । भिषण असिना पानीले खेतीपातीमा क्षति पुर्‍याएसँगै किसानहरू चिन्तामा डुबेका छन् ।

आइतबार राती आएकाे हावाहुरी, चट्याङसहितकाे असिना पानीले गहुँ,जा‌ै, ताेरी, तरकारी खेतीमा क्षति पुर्‍याएकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ का किसान गाेरख बहादुर ठकुल्लाले बताउनु भयाे । उहाँले भन्नुभयो, “हिउँद भरी गरेकाे मेहनत खेर गयाे, बिउ भाग सबै असिनाले लिइसकेको छ ।”

त्यस्तै जिल्लाकाे जाेरायल गाउँपालिकामा पनि हिजो दिउँसाे र गएरातीकाे असिना पानीले हिउँदे खेति तरकारी, फलफुलका फुल्दै गरेका मुना लगायत गहुँ बालिमा ठूलाे क्षति पुर्‍याएकाे वडा नम्बर २ का किसान देवराज भट्टले बताउनु भयएकाे छ । ” उहाँकाअनुसार ” जाेरायलकाे माथिल्लो भेगमा भिषण असिना पानी पर्दा किसानलाई पिरलाे परेकाे छ ।”

जिल्लाकाे बाेगटान फूड्सिल गाउँपालिकामा पनि आइतबार राती असिना पानी परेकाे स्थानीयले बताएका छन् । यसरी दिउँदे खेतीपातीमा असिनापानीले ठूलाे असर पुर्‍याउदा किसानहरू थप चिन्तामा डुबेका छन् ।

जिल्लाकाे शिखर नगरपालिका, बडीकेदार, सायल, आदर्श गाउँपालिकाका केही स्थानमा पनि असिना पानी परेकाे स्थानीयले बताएका छन् ।

त्यस्तै सनिवारदेखिकाे माैसमा आएकाे परिवर्तनका कारण भुस्वर्गकाे उपनामले चिनिने खप्तड क्षेत्रमा तेस्राे पटक हिमपात भएकाे निकुञ्जले जानकारी दिएकाे छ ।

सायलमा चट्याङ पर्दा किसानकाे गाेरू मर्याे

डाेटीकाे सायल गाउँपालिका ६ राैकल्लामा गएराती चट्याङ लागेर किसानकाे एक गाेरू मरेकाे छ । उक्त क्षेत्रमा चट्याङ पर्दा मानवीय क्षति नभएकाे र विद्युतका तार सर्ट हुँदा गाेरूसहित विद्युत मिटर सबै जलेर नष्ट भएकाे स्थानीय भरत साउदले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय