युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

रामहरी ओझा,डाेटी
कैलालीको चुरे गाउँपालिका–६, फल्टुडेकी १६ बर्षीया हिरा (नाम परिवर्तन) केही दिनअघि घरबाट हराइन् । अभिभावकहरूले खोज्दै जाँदा उनी डोटीको जोरायल गाउँपालिका–२ का १८ बर्षीया तुलाराम (नाम परिवर्तन) संंग भागेर गएको थाह भयो । आफन्तहरूले प्रहरीमा जाहेरी गरे ।

जाहेरीपछि प्रहरीले केटा र केटी दुवैलाई चौकीमा ल्याएर सम्झाई बुझाई अभिभावकको जिम्मा लगाई दियो । कुरो त्यत्तिमै रोकिएन । केही दिनपछि हिरा र तुला फेरी हराए । उनीहरू कैलालीको चौमालामा रहेका तुलाका आफन्तको घरमा गए । उनीहरूले करिब एक महिना उतै बिताएपछि केही दिनअघि मात्र घर आए ।

यो प्रतिनिधि घटना मात्रै हो, कैलालीको चुरे गाउँपालिकामा यस्ता घटनाहरू दिनहुँ जसो भइरहेका छन् । ‘म यता सरुवा भएर आएको १५÷१६ दिन मात्रै भएको छ’ इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीका प्रहरी सहायक निरीक्षक हरिदत्त पाण्डेयले भने ‘यो अवधिमै चार वटा बालविवाहका घटनाहरू आइसकेका छन् ।’ आफूहरूले सम्झाई बुझाई आफन्तहरूको जिम्मा लगाई दिने गरेको उनी बताउँछन् । उनी थप्छन् ‘बालविवाह रोक्नका लागि ठोस् योजना बनाउन जरुरी देखिन्छ ।’

बालविवाह गर्नु हुन्न भन्ने ज्ञान सबैलाई भएको तर त्यसको व्यवहारिक कार्यान्वयन नभएको बताउँछन् चुरे गाउँपालिका–६ का वडाध्यक्ष प्रेमबहादुर साउँद । उनी भन्छन् ‘बालक्लवको अध्यक्ष आफैले क्लबकै सदस्यसँग भागेर विवाह गरेका घटना पनि छन् । लामो समयदेखि बालक्लवको सदस्य भएको व्यक्तिले बालविवाहबारे बुझेको छैन भन्न त मिलेन नि !’ उनले कानुनी ज्ञान जति दिए पनि व्यवहार परिवर्तन गर्न गाह्रो देखिएको बताए । उनी चुरे गाउँपालिकाको मातृ तथा बाल स्वास्थ्यमा बालविवाह प्रमुख समस्या रहेको बताउँछन् ।

अव चेतनामूलक अभियानसँगै व्यवहार परिवर्तन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नु पर्ने बताउँछन् चुरे गाउँपालिका शिक्षा शाखाका प्रमुख बिबिराज सोती । उनी भन्छन् ‘पढ्नु पर्छ भन्ने ज्ञान पनि छ, बालविवाह गर्नु हुँदैन भन्ने ज्ञान पनि छ, तर ७÷८ कक्षा पढ्दै भागेर बिहे गर्छन् र पढाई छोड्छन् ।’

सानै उमेरमा प्रेम सम्बन्धमा परेपछि सम्झाउनै नसकिने बताउँछिन् चुरे गाउँपालिका–६ की तिल्सरी थापा । महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी तिल्सरीले भनिन् ‘एक पटक सम्झाई बुझाई ल्यायो, फेरी भागेर गइहाल्छन् । जबरजस्ती रोक्न खोजे “मर्छु” भन्छन् ।’ अभिभावकहरू पनि मर्नु भन्दा जे सुकै गरुन् भनेर चुप लाग्ने गरेको उनी बताउँछिन् ।

बालविवाहकै कारण समाजमा बहुविवाह पनि बढ्ने गरेको बताउँछिन् स्थानीय माया सार्की । उनी भन्छिन् ‘सानै उमेरमा लहैलहैमा भागेर विवाह गर्छन्, अलि बुझ्ने भएपछि दुवैको बिचमा कुरा मिल्दैन, झगडा हुन्छ, अनि केटाले अर्को विवाह गर्छ ।’ उनी बालविवाहकै कारण कलिलै उमेरमा आमा बन्ने गरेको बताउँछिन् । ‘अव बालविवाह गर्ने जोडीलाई उमेर पुगेपछि मात्रै सन्तान जन्माउन परामर्श दिनु पर्ने देखिन्छ’ माया भन्छिन् ‘किशोरीहरूलाई आमा बन्नबाट रोक्न सक्ने गरी उनीहरूलाई परिवार नियोजनका अस्थायी साधनहरूको विषयमा जानकारी दिनु जरुरी छ जस्तो लाग्यो ।’

किशोरकिशोरीहरुलाई बालविवाहबाट पर्ने असरको विषयमा प्रभावकारी रूपमा बुझाउन नसकेकोले उनीहरूले भागेर विवाह गर्ने गरेको बताउँछिन् चुरे गाउँपालिका–४ की डिलादेवी सिजापति । ‘हाम्रो समुदायको मुख्य समस्या नै बालविवाह कसरी रोक्ने भन्ने हो’ डिला भन्छिन् ‘बालविवाह गर्ने जोडीलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ ।’

अभिभावकहरूले पनि आफ्ना छोराछोरीहरूलाई बालविवाहको असर बारे सम्झाउन नसकेको बताउँछिन् तुलीदेवी सारुमगर । ‘मन नपरेको केटासँग भागेर गए मात्र छुटाउने प्रयास गर्छन्’ तुलीदेवी भन्छन् ‘अभिभावकहरू आफै पनि बालविवाह रोक्न जिम्मेवार देखिँदैनन् ।’

सामाजिक सञ्जालको सही प्रयोग हुन नसक्दा बालविवाहका घटनाहरू बढेका मातृ तथा बाल स्वास्थ्यको क्षेत्रमा कार्यरत संस्था आम्दा माईन्ड्सका कार्यक्रम संयोजक प्रदीपराज पन्त । उनले भने ‘अभिभावकहरूले आफ्ना नानीबाबुहरुलाई सामाजिक सञ्जालको सही प्रयोगबारे जानकारी दिन सकेनन्, जसले यो समस्या बढ्दै छ ।’

मातृ तथा बाल स्वास्थ्य सम्बन्धी समस्याहरू न्यून गर्न बालविवाह रोक्नु आवश्यक रहेको बताउँछन् चुरे गाउँपालिकामा मातृ शिशु स्वास्थ्य तथा पोषणको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था फाया नेपालका कार्यक्रम प्रबन्धक लालबहादुर महरा । उनले भने ‘बालविवाहका कारण कलिलै उमेरमा आमा बन्नेको सङ्ख्या बढ्दै छ, यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर परिरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय