युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी । कैलालीको चुरे गाउँपालिका–२ कि १६ वर्षीया सिता कुमारी (नाम परिवर्तन) गत महिना खैराला आधारभुत स्वास्थ्य स्वास्थ्य सेवा केन्द्रमा पुगिन् । उनी सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य संस्था आएकी थिइन् ।

परिवारका सदस्यसंगै स्वास्थ्य संस्था आएकी सितालाई सुत्केरी गराउन निकै समस्या भयो । धन्न सुरक्षित रुपमा उनी सुत्केरी भईन् । हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

चुरे गाउँपालिका–४ की २२ वर्षीया माया तारणी (नाम परिवर्तन)स्थानीय गर्भा स्वास्थ्य चौकीमा पुगिन् । पाँच महिनाको गर्भवती उनी नियमित गर्भ जाँच गराउन पुगेकी थिइन् । माया दोश्रो पटक आमा बन्दैछिन् । चार बर्ष पहिले १८ बर्षकै उमेरमा उनले छोरी जन्माएकी थिइन् ।

माया र सीता जस्तै चुरे गाउँपालिकाका अधिकांश महिलाहरु किशोराबस्थामै आमा बन्ने गरेका छन् । ‘किशोरावस्थामै आमा बन्नेहरुको संख्या धेरै छ, करिब करिब सबैमहिलाहरु पहिलो सन्तान किशोरावस्थामै पाउँछन्’ चुरे गाउँपालिका–४ वण्डकी महिला स्वास्थ्य स्वयंसेविका डिलादेवी सिजापति भन्छिन् ‘यो समस्या कसरी समाधान गर्ने भन्ने चिन्ता छ ।’

उनले २० बर्षपछि मात्रै बिवाह गर्न पाउने कानूनी व्यवस्था रहेको भएपनि १७/१८ वर्षकै उमेरमा आमा बन्ने गरेको बताइन् । उनी बिगतको जस्तो अभिभावकको सहमतिमा हुने बालबिवाह त न्यून भइसकेका छन् तर केटा र केटी भागेर बिवाह गर्ने कार्य तिव्र भएको भएको बताइन् ।
पहिलो पहिलो पटक आमा बन्न प्रसुति केन्द्रमा आउने लगभग सवै महिलाहरु किशोराबस्थाकै हुने गरेको बताउँछिन् खैराला आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी कृष्णा चौधरी ।

‘साउनयता २४ जनाले यस केन्द्रमा आई प्रसुति सेवा लिएका छन्’ चौधरी भन्छिन् ‘उनीहरु सवै २० बर्षमुनीकै छन् ।’ चुरे गाउँपालिकाका लागि मातृशिशु स्वास्थ्यको क्षेत्रमा यो सवैभन्दा ठुलो समस्या रहेको उनी बताउँछिन् ।

आफूहरुले आमा समूहको बैठकमा नियमित रुपमा बालबिवाहको बिषयमा छलफल हुने गरेको भएपनि सुधार आउन नसकेको बताउँछिन् स्थानीय हस्ता बलामी मगर । उनी भन्छिन् ‘सानै उमेरमा आमा बन्नाले हुने असरका बिषयमा आमा समूहको बैठकमा नियमित छलफल त हुन्छ, तर पनि रोकिएको छैन ।’ उनी किशोराबस्थामै आमा बन्नुको कारण भागेर गरिने बालबिवाहलाई मान्छिन् ।

गाउँपालिकाको मुख्य स्वास्थ्य समस्यानै कलिलै उमेरमा आमा बन्नु रहेको देख्छन् मातृ तथा बालस्वास्थ्यको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था फाया नेपालका कार्यक्रम प्रवन्धक लालवहादुर महरा । ‘यसमा गाउँपालिकाले ठोस् योजना वनाई कार्यान्वयन गर्न पर्ने देखिन्छ’ महरा भन्छन् ‘स्वास्थ्यकर्मीहरुले मात्रै यो समस्या समाधान गर्न सक्दैनन्, जनप्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको पनि सक्रिय भूमिका हुनुपर्छ ।’
नेपाल प्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय