डोटी– डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–८ घुम्ती नजिक रंगुन खोलामा डोटीका एक ट्याक्टर चालक मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा जोरायल गाउँपालिकाका–१ भानाकोटका २८ वर्षीय राजु विक रहेकाे जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
प्रहरीका अनुसार विक बेहोस अवस्थामा फेला परेका थिए । त्यसपश्चात उनकाे जोगबुढा अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको हाे ।
विक ट्याक्टरको ब्याट्री झिकेर खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे छ ।











