मनमाेहन ठकुल्ला, सिलगढी
बालबालिकाकाे स्वास्थ्यलाई याेगदान दिन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डाेटीले दुई दिने विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम गरेकाे छ ।
विद्यालय स्तरका बालबालिकाहरूले शारीरिक, मानसिक र संवेगात्मक रूपमा कसरी स्वास्थ रहने भन्ने विषयमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ अवस्थित दुर्गा माध्यमिक विद्यालय पाकरीमा साेमबार र मंगलबार गरी उक्त दुई दिने कार्यक्रम गरेकाे हाे ।
“मेराे स्वास्थ्य मेराे जिम्मेवारी” भन्ने मुल नारालाई आत्मसात् गर्दै विद्यार्थी जीवनमा आयुर्वेद तथा याेग शिक्षा सिकेर व्यवहारमा लागू गर्दा के फाइदा हुन्छ, लगायत स्वास्थ्यकाे विविध विषयमा विद्यार्थीहरूका बिच कार्यक्रममा छलफल गरिएकाे थियाे ।
आयुर्वेद तथा याेग शिक्षा सम्बन्धी आफूले सिकेको ज्ञान विद्यार्थी साथिहरू र घरपरिवारमा गएर दैनिकी व्यवहारमा उतार्ने विद्यार्थीहरूले बताएका छन् । आफूले विद्यार्थी जीवनमा माध्यमिक शिक्षा अध्ययन गर्दै गर्दा पनि आयुर्वेद तथा याेग शिक्षा नसकेको कार्यक्रममा सहभागी तुलसी बिष्टले बताइन् ।
प्रधानाध्यापक हिक्मत बहादुर घलेकाअनसार सिकाइ विद्यालयमा मात्रै सिमित नरहेर आयुर्वेद तथा याेग शिक्षा जस्ता कार्यक्रमबाट थुप्रै ज्ञान लिन सकिने बताउनु भयाे । उहाँले भन्नुभयो, ” स्वास्थ्यले सधैँ हाम्राे शरीर क्रियाशील हुनुपर्छ भन्छ, तन र मनलाई क्रियाशील बनाउने याेग हाे।”
प्रधानाध्यापक घलेका अनुसार हाम्रा वरपरका घाँस तथा वनस्पति पनि ओैषधी रहेछन् भन्ने ज्ञान आयुर्वेद शिक्षाबाट प्राप्त भएकाे बताउनु भएकाे छ । दैनिक जीवनमा उपभाेग गरिरहेका खानेकुराहरू र के कुरा उपभाेग गर्दा हाम्राे मन र मस्तिष्क सन्तुलन रहन्छन् भन्ने कुरा आफूले सिकेकाे घलेले बताउनु भयाे ।
याेग प्रशिक्षक बलदेव जाेशीका अनुसार भान्सामा दैनिक प्रयाेग हुने मसलाकाे प्रयाेग सम्बन्धि सबै विद्यार्थी र शिक्षकले सिक्न आवश्यक रहेकाे बताउनु भयाे । प्रशिक्षक जाेशीले भन्नुभयो,” मसलाका परिकार कहिलेकाही मसलाका परिकार एकअर्कामा नमिल्ने हुन्छन्, जस्ले गर्दा शरीरलाई हानि पुर्याउछ, त्यसकाे उचित प्रयाेग कसरी गर्ने भन्ने विषयमा विद्यार्थीलाई सिकाउनु मुख्य उदेश्य रहेकाे बताउनु भयाे ।
जाेशीका अनुसार याेगकाे महत्त्व भनेकाे पछिल्लो समयमा कुसंस्कृति तथा कुलतमा फसिरहेका बालबालिकालाई संस्कृति र संस्कारकाे बाटाेमा डाेर्याउन मद्दत गर्ने बताउनु भयाे ।
उक्त दुईदिने कार्यक्रममा शिक्षक र कक्षा ८,९,र १० का विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे ।











