युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, । कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारू समुदायको होरी पर्व सुरु भएको छ । फागुन पूर्णिमाका दिन होलिकाको पूजाआजा गरी यो पर्व सुरु गरिन्छ । रानाथारू समुदायले ‘जिन्दा’ र ‘मरी’ गरी एक महिना आठ दिनसम्म होरी पर्व मनाउने चलन छ ।

पूर्णिमाका दिन ‘भुइँया’ (कुल देवता राख्ने ठाउँ) मा वा त्यस आसपास खेतमा होलिकाको प्रतिमा स्थापना गरी पूजाआजा गरिन्छ । गाउँको मुख्य व्यक्ति भलमनसा, युवा, बुद्धिजीवीलगायतको उपस्थितिमा ‘भर्रा’ (गुरुवा) ले होलिकाको पूजाआजा गर्ने चलन छ । पूजाआजा गरेपछि होरीको गीत गाउँदै केहीबेर लयबद्ध ढङ्गले सामूहिक रूपमा होरी खेल्ने चलन छ । होरी रानाथारू समुदायको सबैभन्दा ठुलो पर्व भएको शिक्षक नन्दलाल रानाले बताउनुभयो ।

उहाँका अनुसार जिन्दा होरी एक महिनासम्म खेल्ने गरिन्छ । जिन्दा होरी अवधिभर रानाथारू समुदायका युवकयुवतीले राति मात्रै होरी खेल्ने (होरी नाच देखाउने) गर्छन् । होरी गीत गाउँदै तालमा ताल मिलाएर नृत्य गरिन्छ । सोही अवसरमा हरेक साँझ होलिकाको पूजाआजा गर्दै त्यसमा गुइँठा, पराल, झारपात थुपार्ने परम्परा रहेको शिक्षक राना बताउनुहुन्छ । यसरी थुपारिएको झारपातलाई होलिकाका रूपमा दहन गरिन्छ ।

होलिका दहनपछि भने ‘मरी होरी’ सुरु हुने गरेको जनाइएको छ । ‘मरी होरी’ को अवधि आठ दिनसम्म हुने गर्छ । यो अवधिमा आफन्त, नातेदार, मितलाई घरमा बोलाएर भोजभतेर गर्ने चलन छ । यसलाई ‘हट्कना’ भन्ने गरिन्छ । ‘हट्कना’ मा भिनाजु, मित, सालासालीलाई घरमा डाकेर मासुभातसहितका मिठा मिठा पकवान खुवाउने चलन छ । होरीको अन्तिम दिन ‘खख्डेहरा’ फुटाउने गरिन्छ । ‘खख्डेहरा’ होरी पर्वको सबैभन्दा महìवपूर्ण दिन हो । ‘खख्डेहरा’ फुटाएसँगै एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको विधिवत् रूपमा समापन हुने गरेको छ ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय