बझाङ / बझाङकाे तलकोट गाउपालिका वडा नम्बर ४ मा एक महिला रूखबाट झरेर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते हुनेमा साेही ठाउँ स्याडाकि १८ बर्षिया रेजिना बुढा रहेकी छन् । बढा सोमबार साँझ घर नजिकै रहेको बाँजको रुखमा स्याउला काटने क्रममा लडेर घाइते भएकि हुन।
प्रहरीका अनुसार घाइते बुढाको दाइने हात कम्मर र टाउकोमा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरी स्राेतकाे भनाइ छ ।











