मनमाेहन ठकुल्ला, सिलगढी
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डाेटीले दुई दिने विद्यालय आयुर्वेद तथा याेग शिक्षा कार्यक्रम सुरू गरेकाे छ ।
“मेराे स्वास्थ्य मेराे जिम्मेवारी” भन्ने मुल नाराका साथ दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ अवस्थित आज साेमबार दुर्गा माध्यमिक विद्यालय पाकरीमा विद्यार्थीहरूबीच उक्त कार्यक्रम गरिएकाे हाे ।
विद्यार्थी जीवनमा आयुर्वेद तथा याेग शिक्षाकाे महत्त्वपूर्ण आवश्यकता रहेकाे याेग प्रशिक्षक बलदेव जाेशीले बताउनु भएकाे छ । त्यस्तै विद्यार्थीलाई आयुर्वेदकाे प्रयाेग तथा याेगकाे विषयमा समेत सिकाइएकाे छ ।
वरिष्ठ वैध तुलाराम हाैजाली मगरका अनुसार विद्यार्थीकाे दैनिकी जीवनशैली परिवर्तन गर्न, विभिन्न राेगबाट मुक्त हुन्, क्षमता विकासकाे क्षेत्रमा आयुर्वेद तथा याेग शिक्षाले ठूलाे सहयोग गर्ने बताउनु भयाे ।
कार्यक्रम भाेलि मंगलबार सम्पन्न हुने भएकाे छ ।











