बझाङ/ बझाङ जिल्लाको बुङ्गल नगरपालिका –५ मिडिबगर आसपास आज सोमवार जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
केदारस्युँ गाउँपालिकाको बाग्थालाबाट बुङ्गल नगरपालिकाको विजगडा जाँदै गरेको से १ ज ५९२ नम्बरको जिप अनियन्त्रित भएर चालक सुजन धामी सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिप सडकमा पल्टिएको छ । जिपमा चालक मात्रै सवार रहेकाे प्रहरीले जनाएको छ ।











