सिलगढी,
डाेटीमा एक रक्तस्राव बिरामी महिलाकाे सेना र प्रहरीले रक्तदान गरेपछि ज्यान जाेगिएकाे छ ।
सुजङ अस्पतालमा उपचारत आदर्श गाँउपालिका वडा नं –१ डुमरीगाउँकी रकश्राप बिरामी तारा देवी खड्काकाे सेना ध्वज बहादुर धामी र सशस्त्र प्रहरी हिरा बटालाले १÷१ पोका रक्तदान गरेपछि ज्यान जाेगिएकाे हाे ।
सेना र प्रहरीलाई अनुरोध गरेपछि २ पाेका उनीहरूबाट र एक पाेका रगत अस्पतालबाट प्राप्त भएपछि रक्तस्रावले थलामा परेकी खड्काकाे ज्यान खतरामुक्त भएकाे होटल सिंह गाडेनका पिपल्लाका सञ्चालक भिम बहादुर सिंहले बताउनु भयाे ।
खड्काले भनिन्” गत जेठ महिनामा पेटमा भएको बच्चा खेर गएपछि लगातार रक्तश्राप हुने गरेकाे थियाे, स्वास्थ्य अवस्था गम्भीर हुँदै गयाे।”
रक्तस्रावले थलापरेकाे खड्काकाे ज्यान, रगत प्राप्त भएपछि जोगिएको सुजङ अस्पताल प्रशासन प्रमुख अर्जुन बलायरले बताउनु भएकाे छ।
खड्काकाे माइतीघर सायल गाउँपालिका वडा नं –४ स्वाडेमेला हाे ।











