अछाम / अछाम जिल्लाको मेल्लेख गाउँपालिका–४ काे एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा साेही ठाउँ राफाका किट्टे साउँद रहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनी आगो निभाउँने क्रममा साउँद जलेर घाइते भएका हुन । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
आज (शनिवार) बिहान १० बजेतिरकाे आगलागीबाट घरमा रहेका कपडा, खाद्ययान्न लगाएतका सामान जलेर लगायत जलाएर अन्दाजी २ लाख बराबरको क्षति भएकाे अछाम प्रहरी स्राेतले जनाएको छ । खाना पकाउने क्रममा चुुलोबाट आगो सल्किन गई आगलागी भएकाे अछाम प्रहरी स्राेतले जनाएको छ ।











