डाेटी / कार्य सम्पादन मूल्याकंनमा डोटीको दिपायल सिलगढी नगरपालिकाले जिल्लाकै प्रथम स्थान हासिल गरकाे छ भने सायल गाउँपालिका अन्तिम भएकाे छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको कार्य सम्पादन मुल्यांकनकाे विवरण अनुसार दिपायल सिलगढी नगरपालिकाले ४४.९७ अंक प्राप्त गरी डाेटी जिल्लाकाे हकमा पहिलो स्थान र प्रदेशका ९ वटा जिल्लाकाे तुलनामा चाैथाे स्थान पर्न सफल भएकाे छ । जिल्लाका ९ वटै स्थानीय तहकाे हकमा सायल गाउँपालिकाले सबैभन्दा कम १५.४१ अङ्क मात्रै प्राप्त गरी अन्तिम भएकाे छ ।
त्यस्तै कार्यसम्पादन मूल्याङ्कनमा ३७.३१ अङ्क प्राप्त गरी
जिल्लाको दोस्रो स्थान ओगट्न सफल बडीकेदार गाउँपालिका भएकाे छ । ३१.२८ अङ्क प्राप्त गरी आदर्श गाउँपालिका तेस्राे हुन सफल भएकाे छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्य सम्पादन मुल्यांकनको नतिजा फागुन ८ गते मंगलबार प्रकाशन गरेको विवरण अनुसार डाेटी जिल्लाका अन्य स्थानीय तहले प्राप्त गरेकाे अंङक विवरण हेर्दा के.आई.सिंह गाउँपालिकाले ३०ं.७१ अङ्क, जोरायल गाउँपालिकाले २६.०७, शिखर नगरपालिकाले २५.४९ अङ्क, पूर्वीचौकी गाउँपालिकाले २३.३२ अङ्क, बोगटान फूडसिल गाउँपालिकाले १७.७० अङ्क प्राप्त गरेकाे छ ।
सूदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये डडेल्धुराको अमरगढी नगरपालिका ४८.९९ अङ्क प्राप्त गरेर पहिलो, बझाङको छविस पाथीभारा गाउँपालिका ४६.८१ अङ्क प्राप्त गरेर दोस्रो र बझाङकै जयपृथ्वी नगरपालिका ४५.३२ अङ्क ल्याएर तेस्रो भएका छन् ।











