युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री तथा स्वार्थ समूहका कारण पुराना योजना अलपत्र हुँदै जाँदा नयाँ योजनाका लागि भने धमाधम ठेक्का आह्वान हुँदै आएको छ । आर्थिक भारलाई ख्याल नै नगरी धमाधम सडक लगायत भौतिक पूर्वाधारका नयाँ योजनालाई बहुवर्षीय ठेक्का लगाउने प्रवृत्तिले पुराना बहुवर्षीय योजनाहरू प्रभावित भइरहेका हुन् ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी लगाइएको ठेक्का पाँच वर्ष पुग्दासमेत आधा पनि पूरा भएका छैनन् । आर्थिक वर्ष २०७६/०७७ मा कैलालीको गोदावरी नगरपालिका–३, कृष्ण मन्दिरदेखि गोदावरी नगरपालिका–१२, बान्द्रेखालसम्मको सडक तीन वर्षमा सम्पन्न हुने गरी स्तरोन्नति गर्न ठेक्का लगाइएको थियो । तर हालसम्म सो सडकको भौतिक प्रगति ३० प्रतिशतमात्रै छ ।

नौ करोड ३९ लाख रुपैयाँमा ठेक्का लगाइए पनि पर्याप्त बजेट विनियोजन हुन नसक्दा सो सडकको काम सुस्त गतिमा भइरहेको छ । हालसम्म सो सडकमा १० लाख ८३ हजार रुपैयाँ खर्च भएको छ भने चालु आर्थिक वर्षमा एक करोड रुपैयाँमात्रै विनियोजन गरिएको छ ।

डडेल्धुराको कटाल पर्शुरामधाम धार्मिक पर्यटकीय सडकको कटाल–बहादुरे खण्ड कालोपत्रे गर्न २०७५/०७६ मा तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो ।

हालसम्म सो ठेक्काको प्रगति ४२ प्रतिशतमात्रै छ । २३ करोड ५७ लाख रुपैयाँ लागत अनुमान रहेको सो सडक निर्माणका लागि १४ करोड ८८ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । तर हालसम्म ६ करोड ११ लाखमात्रै भुक्तानी भएको छ । गत वर्ष सो सडकमा दुई करोड ५० लाख विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्षमा ५० लाखमात्रै विनियोजन गरिएको छ

डोटीको बुडर–जोरायल–गडसेरा–दिपायल सडक निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा ३२ करोड ७१ लाख रुपैयाँमा तीन वर्षमा सम्पन्न हुने गरी ठेक्का लगाइएको थियो । ५६ करोड ३१ लाख रुपैयाँ लागत अनुमान रहेको सडक निर्माणको काम हालसम्म १२ प्रतिशतमात्रै भएको छ ।

गत आर्थिक वर्षसम्म सो सडकमा तीन करोड ८९ लाख रुपैयाँ खर्च भएको छ । गत वर्ष चार करोड विनियोजन भएको सडकमा यस वर्ष ५० लाख रुपैयाँमात्रै विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० को मसान्तसम्म प्रदेश सरकारले २० अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान भएको १३१ वटा सडक र पुलका योजना १३ अर्ब ६३ करोड रुपैयाँमा बहुवर्षीय ठेक्का लगाएको छ । ती योजनामा सात अर्ब भुक्तानी भएको छ । गत वर्ष ती योजनाका लागि तीन अर्ब सात करोड ६४ लाख रुपैयाँ विनियोजन भएको थियो । बजेट अभावमा ती बहुवर्षीय ठेक्का अलपत्र पर्दै गएका छन् । पुराना योजनालाई सम्पन्न गर्नभन्दा पनि बहुवर्षीय योजना थप्ने प्रवृत्तिका कारण योजनाहरू समयमै सम्पन्न हुन नसकेका हुन् ।

चालु आर्थिक वर्षमा कैलाली जिल्लामा मात्रै ५६ योजना बहुवर्षीय ठेक्का लगाइएको छ । पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार लागत अनुमानभन्दा निकै कम बजेट विनियोजन भएका सडक योजनालाई प्याकेजमा राखेर बहुवर्षीय ठेक्का लगाइएको छ भने लागत अनुमानको एक तिहाइभन्दा बढी बजेट विनियोजन भएको योजनाको एकल टेण्डरमा बहुवर्षीय ठेक्का लगाइएको छ ।

केही साताअघि मात्रै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको सचिवालयले धनगढीमा मात्रै ६ प्याकेजमा १९ वटा सडक योजना बहुवर्षीय ठेक्का लगाएको तथ्याङ्क सार्वजनिक गरेको छ । ती सडकका लागि चालु आर्थिक वर्षमा ६१ करोड विनियोजन गरेर बहुवर्षीय ठेक्का लगाइएको सचिवालयले जनाएको छ ।

प्याकेजमा बहुवर्षीय ठेक्का लगाइएका ती सडक १८ महिनामा अवधि दिएर ठेक्का लगाइ २०८२ को असार मसान्तसम्म निर्माण सम्पन्न गरिने जनाइएको छ ।

आर्थिक मामिला मन्त्रालयबाट स्रोत सुनिश्चितता लिँदै धमाधम बहुवर्षीय ठेक्का लगाइँदा प्रदेश सरकारको अनिवार्य आर्थिक दायित्व बढ्दै गएको छ । पुराना योजना सम्पन्न नहुँदै नयाँ योजना थपिँदा सरकारलाई आर्थिक भार थपिनुका साथै स्रोतको समेत दुरुपयोग भएको सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक प्रा. डा. राजेन्द्रवीर चन्दले बताए । उनले सरकारले राजस्व लगायतका आयस्रोतको सुनिश्चितता गरेरमात्रै नयाँ योजना थप गर्नुपर्नेमा राजनीतिक चर्चाका लागि योजना ल्याउने होड चलेको बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्गको वैकल्पिक सडक बंक–नाइल–बुडरको बंकदेखि पहरियासम्मको सात किलोमिटर सडकखण्ड चार वर्षदेखि अलपत्र छ ।

मन्त्रीहरूको स्वार्थ

भौतिक पूर्वाधारका योजना ल्याउने र अलपत्र पार्ने प्रवृत्ति लामो समयदेखि झाँगिएको हो ।

पहिलेका मन्त्रीले ल्याएका बहुवर्षीय योजनाहरू पछिल्ला मन्त्रीले प्रभावित पार्दै आएको देखिएको छ । पछिल्लो समय तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आफ्नो निर्वाचन क्षेत्रमा पारेका योजनाहरू हालका मन्त्री प्रकाश देउवाले प्रभावित पारेको आरोप लाग्दै आएको हो । राताेपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय