कैलाली / कैलाली जिल्लाको टीकापुरमा इन्टरनेटको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाका ३३ वर्षीय शैलेश भुल रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनकाे बुधबार बिहान टिकापुर नगरपालिका–१ जमरा पारीमा इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरबाहीले करेन्ट लागेर मृत्यु भएकाे आराेप छ ।
उनलाई करेन्ट लागेको पश्चात् टीकापुर अस्पताल लगिएको थियाे । उनकाे उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै रहेको जनाएको छ । प्रहरीका अनुसार उनी एक होटेलमा काम गर्दै आएकाे खुलेकाे छ । घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।











