दार्चुलाः दार्चुला जिल्लाको नौगाड गाउँपालिका–६ मा घरबाट विद्यालय जाने क्रममा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ।
हिजाे मंगलबार साेही ठाउँ रातोपौड भीरमा लडेर १८ वर्षीया मनिषा धामीको मृत्यु भएकाे स्थानीय स्राेतले जनाएको छ ।
मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत मनिषाको भीरबाट लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ । उनकाे लडेर घटना स्थलमै मृत्यु भएकाे हाे ।











