अछाम / अछाम जिल्लाकाे मेल्लेख गाउँपालिका अबस्थित एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी भएको छ।
गाउँपालिकाकाे वडा नम्बर ६ नन्देश्वरी बस्ने ५५ वर्षीय दिपक बोहोराको २ कोठे किराना पसलमा गएराति १० बजेतिर चट्याङ्ग लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
अछाम प्रहरी स्राेतका अनुसार उक्त आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको छ ।











