युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / विश्वभर फैलिएको कोरोना कहरका कारण अहिले गाँउघरमा चलहपहल बढेको देखिन्छ । कुनै समय महिला, बालबालिका र बृद्धहरुमात्र देखिने गाँउहरुमा अहिले युवाहरु देखिने गरेका छन् ।

रोजगारी तथा अध्ययनका सिलसिलामा गाँउ देखि टाढा रहदै आएका उत्पादनमुलक युवाशक्तिहरु गाँउघरमा भित्रिए पछि साँच्चै अब के गाँउको मुहार फेर्न सकिन्छ भन्ने विषयमा युवाहरु बहस गर्न थालेका छन् । त्यसैको पछिल्लो उदाहरण हो डोटीको केआईसिँह गाँउपालिका बडा नं. ६ मा आज आईतबार भएको युवाहरुको छलफल ।

उक्त गाँउपालिकाको बडा नं. ६ र ७ का युवाहरुले अब गाँउको विकास कसरी गर्न सकिन्छ, आफ्नै गाँउमा रोजगारी कसरी श्रृजना गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको स्थानिय युवा प्रकाश जोशीले बताएका छन् ।

जोशीले भने, गाँउ घरमा महिला बृद्ध र बालबालिकाहरु मात्र देखिन्थ्यो अहिले सबै युवाहरु घर फर्किएका छन् यो समयमा सामुहिक छलफलबाट सकारात्मक कामको सुरुवात गर्न सकिन्छ कि भन्ने विषयमा हामीले छलफल गरेका हौ ।

अब गाँउघरमा भित्रियका युवाहरुलाई कसरी आफ्नै ठाउँमा रोजगारीको बाताबारण श्रृजना गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको जोशीले बताए । जोशीले सुपअनलाईन संग कुरा गर्दै भने अब हामी युवाहरु सामाजिक विकास तर्फ ध्यान दिन्छौ कृर्षि क्षेत्रबाट समृद्ध बन्ने योजना सहित अघि बढ्छौ ।

यसरी युवाहरु स्व:स्फुत रुपमा अघाडी आउनु राम्रो विषय हो । अब आफ्नो घर फर्किएका र रोजगारीका लागी छिमेकि मुलुक भारत, तेस्रो मुलुक पुग्ने युवाहरुले गाँउ घरमा नै केहि गर्ने र त्यसलाई स्थानिय, प्रदेश सरकारले सहयोग गर्ने हो भने मुलुकको मुहार फेर्न समय नलाग्ला ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय