युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, । दुधुवा नेशनल पार्क र लालझाडी कोरीडोरबिचमा रहेको कञ्चनपुरका पालिकाहरुमा वन्यजन्तुको त्रास बढेको छ । पुनर्वास, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिकातिर ठुला तथा हिंस्रक वन्यजन्तुको त्रास बढेको हो ।

सो क्षेत्रमा जङ्गली हात्ती, चितुवा, बाघलगायतका वन्यजन्तुको ओहोरदोहोर भइरहने स्थानीयको भनाइ छ । वन्यजन्तुको पुरानो जैविक मार्गको रुपमा चिनिएको यो क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट बर्सेनि मानिसको ज्यान जाने गरेको छ ।

गत वर्षमात्र बाघको आक्रमणमा परेर कञ्चनपुरको दक्षिणी क्षेत्रमा दुई जना महिलाले ज्यान गुमाएका थिए । अहिले पनि बेलौरी नगरपालिका –८ को खपटी खोलामा रहेको झाडी र सो आसपासको उखुमा बाघ वा चितुवा केही दिनदेखि घुमिरहेकाले स्थानीयमा त्रास बढेको वडा अध्यक्ष विषराम रानाले बताउनुभयो ।

गतवर्ष सोही खपटी खोलामा घाँस काट्न गएको बेलामा बाघले एक महिलाको ज्यान लिएको थियो । भारतले खोलामा रहेको झाडी सफा गर्न नदिएका कारण त्यहाँ वन्यजन्तु आएर बस्ने गरेको वडा अध्यक्ष रानाको भनाइ छ । “अहिले देखा परेको जनावर बाघ वा चितुवा के हो यकिन भएको छैन । तर, पाइलाको छाप सानो देखिएका कारण चितुवा रहेको आशङ्का गरेका छौं” उहाँले भन्नुभयो ।

शुक्रबार साँझ खपटी खोलानजिक बेलडाँडी गाउँपालिका –३ खैरीघाटका २४ वर्षीय जीवन चन्दमाथि वन्यजन्तुले आक्रमण गरेको थियो । केही दिन अगाडि मात्र बेलौरी नगरपालिका –१० बन्दजलामा हिंस्रक वन्यजन्तुले हरिन मारेर शरीरको अन्य भाग खाइ टाउको र गर्दन छोडेको अस्थामा फेला परेको थियो ।

यसैबिच, पुनर्वास नगरपालिका –१० दोदापुल क्षेत्रमा कृषक पप्पु रानाले लगाएको उखु जङ्गली हात्तीको झुन्डले क्षति गरेको छ । दुधुवा नेशनलपार्कबाट लालझाडी संरक्षित वन क्षेत्रतर्फ जाने क्रममा हात्तीको बथानले नोक्सान गरेको सवडिभिजन वन कार्यालयका कुण्डाका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो । रानाले विजय माध्यमिक विद्यालयको जग्गा लिजमा लिएर उखु लगाउनुभएको छ । वन्यजन्तुको पुरानो मार्गमा अवरोध भएकाले क्षति गर्ने गरेको यादवको भनाइ छ । गाेरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय