डाेटी / डोटी जिल्लाकाे जोरायल गाउँपालिका-५ मा एक वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।
साेही ठाउँ भाम गाउँका स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका हुन् ।
जोरायल-५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको थियाे । सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिले जनाएको छ ।
धेरै समय पहिले खडायत र भाटले लामो प्रेम सम्बन्धसँगै बिताए। श्रीमतीको रूपमा घर भित्र्याएकी भाटको खड्काले सिउँदो भने भरेका थिएनन्। उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती घर सुर्खेत हो।
विवाहमा बेहुला-बेहुलीका पनातिसमेत सहभागी थिएर रमाइरहेका थिए । स्थानीयले याे विवाह नौलो भएकाले रमाइलो लागेको बताएका छन् । महायज्ञका पुजारी श्रमानन्द ओझाले उक्त दम्पतीको विवाह सम्पन्न गरेको हो।











