कैलाली / कैलाली जिल्लाकाे कैलारी गाउँपालिका-३ बाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन्।
आईतवार दिउँसो ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शिबरत्नपुरबाट १ ग्राम ९५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ वस्ने २८ वर्षीय युवक सुरज लौकुस्मलाई प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











