दार्चुला / दार्चुलाकाे नौगाड गाउँपालिका-२ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
आइतबार साँझ दुर्घटनामा परी ट्याक्टरमा सवार ग्वाल्लेक निर्माण सेवा निमार्ण सेवा कम्पनीका ओभरसियर धनुषाको नारायण नगरपालिका-५ गमरखोली बस्ने ३२ वर्षीय रामसागर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हाे ।
उक्त कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक भइ दुर्घटना हुँदा ट्याक्टर सडकबाट अन्दाजी १५० मिटर तल खसेर प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे छ ।
ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका-१ बस्ने २८ वर्षीय बिजेन्द्र सिंह नायक फरार रहेका छन्। उनकाे खाेजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।











