कैलाली /कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ मा पानीमा डुबेर एक बालिकाकाे मृत्यु भएको छ।
शनिवार बाल्टीको पानीमा डुबेर साेही ठाउँ शान्तिनगरकी एक वर्षीया आरोही चौधरीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी स्राेतकाअनुसार उनी चमेलीपुर मामाको घर आएकी थिइन् । नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको हाे ।
उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











