मनमाेहन ठकल्ला, डाेटी
डाेटीमा आज (सनिवार) सम्पन्न भएकाे खुल्ला पुरूष भलिबल प्रतियोगिता ‘दिल्पेश्वर भलिबल लिग’ काे उपाधि आयाेजक टिमले हात पारेकाे छ ।
आयाेजक टिम दिल्पेश्वर स्पाेर्टस् क्लवले शिखर नगरपालिकालाई १-३ काे सेटले जितेर विजेता बन्न सफल भएकाे छ । फाइनल खेलमा आयाेजक टिमसँग प्रतिस्पर्धा गरिरहेकाे शिखर नगरपालिकाले उपविजेता भइ चित्त बुझाउनु परेकाे छ ।
त्यस्तै दिपायल सिलगढी नगरपालिकालाई १-३ काे सेटले श्री ५ नम्वर बाहिनी अड्डा राजपुरले पराजित गरि तृतीय स्थान हासिल गरेकाे छ ।
प्रतियोगितामा विजेता आयाेजक टिकले १ लाख ११ हजार पुरस्कार प्राप्त गरेकाे छ भने उपविजेता शिखर नगरपालिकाकाे टिकमले ५५ हजार पुरस्कार प्राप्त गरेकाे छ । त्यस्तै तृतीय टिमले रू २५ हजार प्राप्त गरेकाे छ ।
प्रतियोगितामा १५ वटा टिमको सहभागीता रहेको आयाेजकले जनाएको छ । प्रतियोगिता माघ २९ गतेदेखि सुरू भएकाे थियाे ।











