मनमाेहन ठकुल्ला, डाेटी
बालबालिकाकाे संरक्षण संवर्दधन गर्ने उद्देश्यले डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ भव्यताका साथ बाल श्रम मुक्त वडा घाेषणा भएकाे छ ।
“बाल श्रम गराउनु सामाजिक अपराध हाे, सभ्य समाज निर्माणका लागि बाल अधिकारकाे सम्मान गराैँ” भन्ने मुल नाराका साथ जिल्लाकाे प्रमुख धार्मिक स्थल शैलेश्वरी मन्दिरको प्राङ्गणमा आज ( शुक्रबार ) एक ओैपचारीक घाेषणा सभाकाे आयाेजना गरी नगरप्रमुख बाजि सिंह खड्काद्वारा घाेषणा पत्र प्रस्तुत गरी पालिकाकाे वाड नम्बर ६ लाई बाल श्रम मुक्त घाेषणा गरिएकाे हाे ।
त्यस्तै घाेषणा सभा इन्द्रचाेकबाट देखि बिहान र्याली निकाली मन्दिरकाे प्राङ्गणमा पुगे पश्चात् बालबालिकाद्वारा विविध सांस्कृतिक नृत्य, बाल श्रम सम्बन्धी नाट देखाइ भव्यताका साथ सम्पन्न भएकाे हाे ।

नगरप्रमुख खड्काका अनुसार सामाजिक विकास गर्न कुनै एउटा व्यक्तिले मात्रै नहुने बताउनु भएकाे छ । नगरप्रमुख खड्काले भन्नू भयाे, ” जब हाम्रो मानसिक, बाैद्विक,सामाजिक विकास हुन सकेन भने भाैतिक विकासकाे कुनै अर्थ नरहेकाे बताउने भयाे। उहाँले भन्नू भयाे, ” यी भाैतिक निर्माणहरूलाई र विकासका संरचनालाई बचाउने हामीसँग विवेक हुनुपर्छ, समझ तथा समझदारी हुनुपर्छ ।”
आज भाैतिक विकास भन्दा पनि सामाजिक रूपान्तरणकाे विकासकाे आवश्यकता रहेकाे नगरप्रमुख खड्काले बताउजु भएकाे छ । साथै वडा नगर र देश बलियाे बनाउनु छ भने प्रत्येक बालबालिका बलियाे हुन जरूरी रहेकाे बताउनु भयाे । उहाँले भन्नू भयाे, “बालबालिका भनेका भविष्यका सम्पत्ति हुन् ।”
नगरपालिकाकाे वडा नम्बर ६ बजारीय क्षेत्र भएकाले बालश्रम लगायतका कुरालाई न्युनिकरण गर्दै वडाकाे विकास गर्न आफू लागि परेकाे वडा अध्यक्ष नरेश मलासीले बताउनु भएकाे छ । अध्यक्ष मलासीले भन्नू भयाे, “जबसम्म हाम्राे समाजमा मानव विकासकाे सन्तुलन छैन् , बालबालिकाकाे हक र अधिकार सुनिश्चित गर्न सक्दैनौं, समुदायका हरेक बालबालिकाकाे गुणस्तर शिक्षा सुनिश्चित गर्न सक्दैनौं, तबसम्म हाम्राे समाजकाे विकास हुन सक्दैन् ।”
अबकाे समाजमा बालबालिकालाई श्रममा लगाइ समाजकाे समृद्वि असम्भव देखेकाे अन्तर्राष्ट्रिय समुदायसँगै हाम्रो देशले पनि अनुसरण गरी बाल अधिकारको अन्तर्राष्ट्रिय महासन्धि अनुमाेद पश्चात् आएका कानुन एवम् बाल अधिकारकाे राष्ट्रिय उद्देश्यमा थप्दै दस वर्षिय गुरु याेजनालाई वडाले कार्यान्वयन गर्ने लक्ष्य लिएकाे वडा अध्यक्ष मलासीले बताउनु भएकाे छ ।
बालबालिका देशका गहना भएकाले तिनीहरूकाे संरक्षण गर्नु सबैकाे दायित्व रहेकाे अध्यक्ष मलासीले बताउनु भएकाे छ । यस अघि पनि सदरमुकाम अबस्थित वडा नम्बर ६ बजारीय क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रका हाेटल र घरहरूमा बालबालिका श्रममा लगाउने गरेकाे पाइएकाले सम्पूर्ण प्रक्रिया अगाडि बढाइ सबैलाई सचेत गराएर बाल श्रम मुक्त वडा घाेषणा गर्न आफू सफल भएकाे बताउनु भयाे ।
वडा अध्यक्षले भन्नु भयाे,” बाल श्रम मुक्त वडा घाेषणा त भव्यताका साथ र सफलतापूर्वक भयाे तर यसकाे दिगाेपनाकाे लागि आम वडाबासीले एकजुट भइ वडाकाे नियमलाई कार्यान्वयन गरेर सहयाेग गर्न अपिल समेत गर्नु भएकाे छ ।
घाेषणा सभामा वडाले विभिन्न गैरसरकारी संघसंस्था, बाल सञ्चाल तथा बाल क्लब, शैक्षिक संस्था, विभिन्न सञ्चारमाध्यम, लगायतलाई सम्मान पत्र प्रदान गरिएकाे छ ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ र ८ पनि बाल श्रम मुक्त वडा घाेषणा यस अघि नै भैरकेका छन् ।
घाेषणा सभामा जिल्लाका सराेकारवाला व्यक्तिहरू जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, सुरक्षाकर्मी, संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको बाक्लो उपस्थिति रहेकाे थियाे । 











