बझाङ /बझाङ जिल्लाको तल्कोट गाउँपालिकामा जिप दुर्घटना भएकाे छ । साेही ठाउँ साईलाबगडमा आसपास जिप दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएको छ भने २ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
आज बिहीबार साँझ तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप दुर्घटनामा परी मृत्यु हुनेमा तल्कोट १ की सुस्मिता कठायत रहेकी छन् । उनलाई घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएकाे थियाे । अस्पतालमा पुर्याए पश्चात् उनलाई डाक्टरले मृत घोषणा गरेको बझाङ प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते हुनेमा चालक तल्कोट वडा नम्बर ३ का राजेश कठायत र सहचालक मष्टा गाउँपालिका वडा नम्बर ५ का कमल कठायत रहेका छन् । घाइते दुबै जनाएको जिल्ला अस्पताल बझाङमै उपचार भैरहेको र अबस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
जिप अनियन्त्रित भएर दुर्घटनामा परी सडकबाट ७० फिट तल खसेको छ ।











