मनमाेहन ठकुल्ला, डाेटी,
डाेटी बहुमुखी क्याम्पस डाेटीमा लागू पदार्थ दुर्व्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएकाे छ ।
बिहीबार सामाजिक विकास कार्यालय डाेटीकाे आयाेजना र जिल्ला प्रहरी कार्यालय डाेटीकाे सहकार्यमा क्याम्पसकाे सभाहलमा विद्यार्थी र सराेकारवालासामु एक ओैपचारीक कार्यक्रमका बीच लागू पदार्थ तथा लागू ओैषध नियन्त्रण सम्बन्धी छलफल गरिएकाे हाे ।
सचेतनामूलक कार्यक्रममा सुरक्षाकर्मी र स्वास्थकर्मीद्वारा लागू पदार्थ दुर्वयसनकाे परिचय, कारण, असर, नियन्त्रण तथा न्युनिकरण, लागू पदार्थ सेवनका लक्षण, उपचार र पुनस्थापना नेपालमा लागू ओैषध सम्बन्धी कानुनी व्यवस्था र दण्ड सजाय लगायतका विविध समसामयिक विषयमा छलफल गरिएकाे थियाे । कार्यक्रमकाे प्रशिक्षण जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी उपरीक्षक बिष्णसहरी काेइराला र जिल्ला अस्पताल डाेटीका मेडिकल सुपरिटेन्डेन्ट सुजित कुमार मण्डलले गर्नु भएकाे हाे ।
यस्ता कार्यक्रमले विद्यार्थीलाई उर्जा तथा उत्प्रेणा मिल्ने सहायक क्याम्पस प्रमुख लाेकराज भट्टले बताउनु भयाे । आगामी दिनहरूमा पनि सहकार्य र सहयाेगकाे अपेक्षा राखिएकाे सहायक क्याम्पस प्रमुख भट्टले बताउनु भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायका अनुसार लागु पदार्थ जस्ता समसामयिक विषयलाई नियन्त्रण गर्न आवश्यक रहेकाे बताउनु भयाे । उपाध्यायले भन्नुभयाे, ” लागू पदार्थले राष्ट्रमा क्षति गरिरहेकाे अवस्थामा डाेटी जिल्लामा यसकाे नियन्त्रण गर्न आवश्यक रहेकाे बताउनु भयाे । सहभागी विद्यार्थीलाई सकरात्मक साेच्न र ठिक किसिमको संगत गर्न आग्रह समेत गर्नु भयाे ।
सामाजिक विकास कार्यालय डाेटीका निमित्त प्रमुख जयदेव महराका अनुसार कार्यालयले शिक्षा, स्वास्थ, खेलकुद, अपांग, जेष्ठनागरिक, बेसहारा बालबालिका लगायतका क्षेत्रमा काम गर्दै आएकाे बताउनु भएकाे छ । निमित्त प्रमुख महराले भन्नू भयाे,” सामाजिक विकास कार्यालयले समाजकाे विकास गर्ने काम गर्दछ, पछाडि परेका वर्गलाई अगाडि बढाउदै लैजाने काम गर्दछ” भनेर बताउनु भएकाे छ ।
साथै कार्यक्रममा सिकेका कुरा विद्यार्थीलाई व्यवहारमा उतार्न समेत महराले आग्रह गर्नु भएकाे छ । प्रमुख महाराले थप्नु भयाे, ” आफूले सिकेकाे क्षान समुदायमा गएर लागू गरि लागू ओैषध निर्मुल पार्नु यस कार्यक्रमकाे मुख्य उद्देश्य हाे” उहाँले बताउनु भयाे ।











