
डोटी / साममजिक क्षेत्रमा उच्च पहिचान बनाएका नेकपा माओवादि केन्द्रका नेता खगेन्द्र वहादुर साउद केविले डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ७ स्थित दुर्गा माध्यामिक विद्यालयमा अक्षयकाेष स्थापना गरेका छन् ।
वसन्त पञ्चमी तथा उक्त विद्यालयकाे ६६ औ बार्षिक उत्सबकाे कार्यक्रमकाे अबशर पारि आफ्ना स्वर्गीय पिता खड्कबहादुर साउद र आमा इन्द्रा तथा राजु साउदको नामबाट १ लाख रुपैयाकाे अक्षयकोष स्थापना गरेका नेता साउदले बताएका छन् । दिपायल सिलगढी नगरपालिका क्षेत्रमा अधिकांश विद्यालयहरुमा अनाथ, गरिव, जेहेन्दार विद्यार्थिहरुलाई सहयाेग पुराउने उदेश्यले अक्षकाेष स्थापना गरि सकेका साउदले भने- “नगरका सम्पुर्ण विद्यालयमा अक्षषकाेष स्थापना गर्ने मेराे अभियान हाे । म निरन्तर अभियानमा छु ।”
राजनितिमा प्रवेश गर्नु पुर्व सफल व्यवसायीकाे रुपमा पहिचान बनाएका साउद पहिले देखि नै सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएका थिए । राजनितिमा जाेडिएपछि पनि उनले सामाजिक क्षेत्रमा कृयाशिल हुन नछाडेकाे तेज डुम्रेल बताउन्छन् । डुम्रेल भन्छन् – केवि दाजु राजनितिमा आउनु भन्दा पहिले देखि नै सामाजिक अभियानमा हुनु हुन्थ्याे । अहिले पनि उक्त अभियानमा नै रहनु भएकाे छ । मैले संचालन गरेका धेरै अभियानमा पनि उहाले सहयाेग गर्दै आउनु भएकाे छ । नेतामा हुनु पर्ने गुण उहाँमा छ ।” तेजडुम्रेल का अनुसार नेता साउदले राजनितिमा आउनु भन्दा धेरै बर्ष अघि देखि एकल, आपाङ्ग, वृध्द जेष्ठ नागरिकहरुलाई जाडाेमा न्यानाे कपडा वितरण गर्दै आएका थिए । नेता साउदले मठमन्दिरमा डस्पिन, भित्ते घडि वितरण, यात्रु प्रतिक्षालय, विद्यालयहरुमा अक्षयकाेष स्थापनाका काम गर्दै आएका थिए र अहिले पनि उक्त कार्यहरुलाई निरन्तरता दिएका छन् ।
साउद भन्छन् – “म साममजिक प्राणि हाे । मैले नितान्त व्यवसायबाट कमाएकाे धनकाे केही हिसा सामाजिक क्षेत्रमा खर्च गर्दै आएकाे छु । नगर क्षेत्रमा जाडाेमा न्यानाे कपडा वितरण गर्ने अभियानकाे शुत्रपात गरे अहिले स्थानिय सरकार, संघसंस्थााले पनि त्यस्ताे काम गर्दै छन् । मेराे भिजन ठिक छ भन्ने लाग्छ, खुशि लाग्छ ।”
साउद अघाडि भन्छन् – “म स्थानिय तहकाे निर्वाचनमा पराजित भए तर मेराे कामलाई राेकेकाे छैन, सहयाेग गर्दै आएकाे छु, समाज विकाशकाे अभियानमा छु । एकघर एक राेजगार मेराे सपना हाे । नगर क्षेत्रका प्रत्येक घरका कम्तिमा एक जनालाई भएपनि राेजगार बनाउनु मेराे सपना छ । म त्याे सपना पूरा गर्छु । अहिले त्यहि सपना पूरा गर्न लागि परेकाे छु ।”
बुधबार विविध शैक्षिक गतिविधि, खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित विद्यालयकाे वार्षिक उत्सव सम्पन्न भएकाे उक्त विद्यालयका प्राधानाध्यापक हिक्मत घलेले बताए । साउदले गरेकाे सहयाेगले विद्यार्थिहरुलाई राहत पुग्नेमा आफू विश्वस्त भएकाे घलेले बताउदै नेता साउदलाई धन्यवाद दिएका छन् ।
विद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा दिपायल सिलगढी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कर्ण बहादुर बिष्टकाे सभापतित्वमा सम्पन्न भएकाे उक्त कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका का नगर उपप्रमुख कलावति महर साउँद रहेकी थिईन् भने नेकपा माओवादि केन्द्रका प्रदेश कमिटि सदस्य तथा समाजसेवि खगेन्द्र साउँद केवि विशिष्ट अतिथि रहेका थिए ।