मनमाेहन ठकुल्ला, डाेटी,
डाेटीमा एक घरकाे गाेठमा आगलागी भएकाे छ । जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ कुडासैन पदम सिं ठकुल्लाकाे घरकाे गाेठमा आगलागी हुँदा चाैपाया मरेका स्थानीय प्रकाश ठकुल्लाले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार गएराती १२ बजेकाे समयमा सेउला राखिएकाे गाेठमा आगलागी हुँदा गाेठमा रहेका दुई वटा गाई , एउटा बाख्रा, एउटा गाेरू निसासिएर तथा जलेर मेरेका छन् ।
घरकाे गाेठ आंशिक रूपमा जलेकाे र आगलागीबाट करिव १ लाख बराबरको क्षति भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले जानकारी दिनुभएकाे छ ।
आगलागीबाट मानवीय क्षति भने हुनपाएकाे छैन् । स्थानीय स्राेतका अनुसार घर पदम सिं ठकुल्लाकाे भएपनि तर गाई र गाेरू स्थानीय सरू देवी ठकुल्लाकाे रहेकाे र बाख्रा तिर्मल सिं ठकुल्लाकाे रहेकाे खुल्न आएकाे छ । आगलागीलाई रातीकाे समयमा करिव १ घण्टापछि स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
घटना स्थलमा प्रहरी पुगिसकेको र आगलागी कसरी भयाे भन्ने सन्दर्भमा थप अनुसन्धान भैरहेको डाेटी प्रहरीले जनाएको छ ।











