सिलगढी, फागुन १
जिल्ला सदरमुकाम अवस्थित अर्थात् दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ मा रहेकाे सरस्वती थान जाने बाटाे सरसफाइ गरेकाे छ ।

बाटाे सरसफाइ
भाेलि हुने सरस्वती पूजा अर्थात् वसन्त पञ्चमीमा उक्त धार्मिक क्षेत्रमा भक्तजनहरूलाई आवतजावत गर्न सहज हाेस् भन्दै ६ नम्बर वडा कार्यालयले आज सरसफाइ कार्यक्रम गरेकाे हाे । सरस्वतीकाे थानमा भक्तजनहरूकाे बिहान ५ बजेदेखि १२ बजेसम्म ठूलाे लाम लाग्ने गर्ने भएकाले विशेष गरी भक्तजनहरू सजिलोसँग आवतजावत गराेओस् भन्ने हेतुले बाटाे सरसफाइ गरेकाे वडा अध्यक्ष नरेश मलासीले बताउनु भयाे ।
सरस्वती थान जिर्ण रहेकाले त्यसकाे भाैतिक लगायत अन्य पक्षकाे विकास गर्न सम्बन्धित निकायले ध्यान दिन जरूर रहेकाे अध्यक्ष मलासीले बताउनु भएकाे छ । मलासीले भन्नू भयाे, ” उक्त धार्मिक थानकाे विकास गरे पर्यटन प्रवर्द्धनकाे विस्तार गर्न सकिने बताउनु भएकाे छ ।
उक्त सरस्वती थानमा शैलेश्वरीका पूजारीले मात्रै पूजा गर्ने गर्दछन् । शैलेश्वरीका पुजारी राजेश भट्टका अनुसार सरस्वती पूजा अर्थात् वसन्त पञ्चमीका दिन विशेषगरी गणेश भगवानकाे पूजा हुन्छ । उक्त थानमा राणाका पालादेखि वर्षमा एकपटक वसन्त पञ्चमीका दिन पूजा हुँदै आएकाे पुजारी भट्टले बताउनु भयाे ।











