डोटी / सायल गाँउपालिकामा आयोजित एक दिवशिय अन्तृकृयात्मक कार्यक्रमले बालबालिकाको क्षेत्रमा क्रियाशिल रहन ९ बुँदे प्रतिवद्धता जाहेर गरेको छ ।
सायल गाँउपालिकाको समन्वय, वर्डभिजन नेपालको आर्थिक सहयोग र समान पहुँच विकास केन्द्र सिड नेपालको आयोजना भएको १ दिवशिय स्थानिय सरकार संग बालबालिका अन्तकृयात्मक कार्यक्रममा सहभागीहरुको तर्फबाट ९ बुँदे प्रतिवद्धता जाहेर गरिएको सिड नेपालका सुनिल जोशीले बताएका छन् ।
सिड नेपाल डोटीका अध्यक्ष यज्ञराज जोशीको सभापतित्व, सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीको प्रमुख आतिथ्यता र उक्त गाँउपालिकाका उपाध्यक्ष निर्मला ओली वोहराको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमले सायल गाँउपालिका क्षेत्रमा रहेका बालबालिकाको सर्वाङ्गिण विकासका लागी क्रियाशिल रहन विभिन्न ९ बुदे प्रतिवद्धता जनाएको हो ।
कार्यक्रममा सहभागी रहेको विद्यालय स्तरिय वाल क्लब, वडा स्तरिय बालक्लब, पालिका स्तरिय बालक्लब संजालका प्रतिनिधिहरुले उठाएका मुद्धाहरुलाई सम्वोधन गर्ने गरि लिखित रुपमा नै प्रतिवद्धता जनाईएको सिड नेपालका कार्यक्रम संयोजक जोशीले बताए ।
प्रतिबद्धताहरुमा संघ प्रदेश र स्थानिय सरकारले बनाएका कानूनहरु बमोजिम निरन्तर रुपमा अघि बढ्ने, पालिकाका सबै विद्यालय र वडाहरुमा बाल क्लब गठन पुनगठन गर्ने, आबश्यक रहेका अन्य कानूनहरु यथासिघ्र निर्माण गर्ने, विद्यालयहरुमा नियमित अनुगमन गर्ने, कुरीती कुसंस्कारहरुका बारेमा जनचेतनामुलक कार्यक्रम गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागी पालिकामा वृहत स्वास्थ्य सिविर संचालन गर्ने, विद्यालयहरुमा नियमित स्वास्थ्य चेकजाँच गर्ने लगायतका कुराहरु प्रतिवद्धतामा उल्लेख रहेको जोशीले बताए ।
सायल गाउँपालिकामा वर्डभिजन नेपालको आर्थिक सहयोगमा सन् २०१२ देखि विभिन्न क्षेत्रमा कार्यक्रमहरु भई रहेको भएपनि सिड नेपाल डोटीले बालसंरक्षण तथा बाल स्पोन्सीरसिप कार्यक्रम संचालन गर्दै आई रहेको छ । बालसंरक्षण कार्यक्रम अन्तरगत बालबालिकाहरुलाई विद्यालय सम्म पुराउने, शैक्षिक सामाग्री सहयोग गर्ने, विद्यालय पोसाक, विद्यालय सामाग्रीहरु सहयोग गर्ने, नितिनिर्माणको क्षेत्रमा सहयोग गर्ने लगायतका कार्यहरु हुने गरेको सिड नेपालका अध्यक्ष यज्ञराज जोशीले बताए ।











