डाेटी, डाेटीमा काठ चाेरी गरिरहेकाे अबस्थामा लाेड गरेकाे ट्याक्टरसहित २ जनालाई पक्राउ गरिएकाे छ ।
साेमबार खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ रानीढुंगा सामुदायिक वन हाडेढुंगाबाट काठ चोरी गरिरहेको अवस्थामा ट्याक्टर सहित उनिहरूलाई पक्राउ गरिएकाे हाे ।
खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन सरोज मणि पौडेलका अनुसार उतिस जातको काठ चोरी तस्करी गर्दै गरेको अवस्थामा निकुञ्जको सुरक्षार्थ खटिएको सिंह शार्दूल गुल्म र निकुञ्जको टोलीले बेलुकी ६ बजे पक्राउ गरिएकाे छ ।
निकुञ्जले ट्याक्टरकाे नम्बर र नियन्त्रणमा रहेका २ जनाएको नाम थर र वतन भने खुलाएकाे छैन् । वार्डेन पाैडेलका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेकाे छ ।
त्यस्तै यस अघि गत सनिवार निकुञ्जको साेही मध्यवर्ती क्षेत्रबाट अवैधरूपमा काठ चिरानी गरिरहेका ४ जना र उनीहरूसँग भएका सामाग्रीसहित नेपाली सेनाले पक्राउ गरिएकाे थियाे ।











