मनमाेहन ठकुल्ला, सिलगढी
डाेटीमा अन्तरविद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा खगेन्द्र मलासीले अन्तिम दुई बलमा छक्का प्रहार गरेपछि उपाधि आयाेजक टिम ‘ए’ले हात पारेकाे छ ।
सामुदायिक विद्यालयकाे हकमा पद्म पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालयले ७६ औं वार्षिकोत्सवको अवसरमा
जिल्लामा पहिलाेपटक आयाेजना गरेकाे क्रिकेट प्रतियोगिताकाे फाइनल खेलमा दिपायल एकेडेमीलाई पराजित गर्दै आयाेजक टिम ‘ए’ प्रथम हुन सफल भएकाे हाे ।
टस जितेर फिल्डिङ राेजेकाे आयाेजक टिमलाई दिपायल एकेडेमीले ८१ रनकाे लक्ष्य दिएकाे थियाे । फाइनल खेलकाे अन्तिम ओभरमा आयाेजकले २ बलमा ४ रनकाे आवश्यकता महसुस गरेकाे थियाे । त्यसपछि खेलकाे आशा जगाउदै आयाेजक टिमका ब्याट्सम्यान खगेन्द्र मलासीकाे छक्का प्रहार गरेपछि दिपायल एकेडेमीले हार बेहोर्नु पर्याे ।
जितकाे लागि आयाेजकसँग भिडिरहेकाे दिपायल एकेडेमीले हार बेहोर्नु परेसँगै प्रतियोगिताकाे द्वितीय स्थान ओगट्न सफल भएकाे छ । त्यस्तै हिजाे भएकाे खेलमा पवित्र आवासीयलाई पराजित गर्दै मर्निङ टाइट बाेर्डिङ स्कुलले तेस्राे स्थान ओगटेकाे छ ।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक ढंगबाट सम्पन्न भएसँगै उत्कृष्ट खेलाडी दिपायल एकेडेमीका डबल साउद, आशिक कठायत, निकिल शाह र आयाेजक टिमका खेलाडी दिनेश नेपाली, खगेन्द्र मलासी, शिजन श्रेष्ठलाई आयाेजक विद्यालयका शिक्षकहरूले व्यक्तिगतरूपमा सम्मान गरिएकाे छ ।
प्रतियोगिताकाे विजेता टिमले रू ३५ हजार, उपविजेता टिमले रू २० हजार र तृतीय टिमले रू १० हजार नगद पुरस्कार, मेडल प्रमाणपत्र सहित प्राप्त गर्ने भएका छन् ।
त्यस्तै विद्यालयको वार्षिकोत्सवकाे अवसर पारेर अन्तरविद्यालयस्तरीय वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता समेत गरिएको थियाे ।
शिक्षक इन्द्र बहादुर कुन्जेडाका अनुसार हाजिरजवाफ प्रतियोगितामा प्रथम आयाेजक पद्म पब्लिक भएकाे छ भने द्वितीय भागरथी एकेडेमी, र तृतीय मर्निङ लाइट बाेर्डिङ स्कुल भएकाे छ ।
साेही दिन सनिश्चवार भएकाे वक्तृत्वकला प्रतियोगितामा प्रथम भागरथी एकेडेमी भएकाे छ । त्यस्तै द्वितीय आयाेजक विद्यालय र तृतीय पवित्र आवासीय भएकाे शिक्षक कुन्जेडाले बताउनु भएकाे छ ।
त्यस्तै पुरस्कार वितरण विद्यालयकाे वार्षिकोत्सबकाे दिन फागुन २ गते हुने कुन्जेडाले बताउनु भयाे ।
सदाकाे वर्ष झै विद्यालयले यस वर्ष पनि फागुन २ गते बुधबार का दिन आफ्नाे ७६औं वार्षिकोत्सव मनाउँदैछ ।











