डडेल्धुराः डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर नेपाल टेलिकमकाे सिम निकाल्ने बझाङका एक ईन्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बझाङको बित्थडचिर गाउँपालिका–१ का २६ वर्षीय धनबहादुर बोहरालाई प्रहरीले शनिबार पक्राउ गरेको हाे । उनी बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर हुन।
उनले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए । उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एकसय ट्रान्सफर गरि ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएका थिए।
बागबजारको मित्र मोबाइलबाट रिचार्ज कार्ड किनेर उनी बझाङ गएको प्रहरीले जनाएको छ ।











