कैलाली । कैलालीको धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए)का प्राध्यापक पक्राउ परेका छन्।
एसपीएका ३३ वर्षीय प्राध्यापक डिल्लीराज भण्डारीले शैक्षिक भ्रमणबाट फर्किदा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि उनलाई शनिवार प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सो विषयलाई लिएर विद्यार्थी र प्राध्यापकहरूका बिचमा विवाद भएपछि प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको हाे ।
विद्यालयबाट मनकामनाका लागि शैक्षिक भ्रमणमा गएर फर्केने क्रममा बसभित्र भण्डारीले छात्रालाई दुर्व्यवहार गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतवार सो घटनाकाे सम्बन्धमा छलफल भैरहेको छ ।











