मनमाेहन ठकुल्ला, डाेटी,
डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले बालश्रम निषेध र घाेषणा प्रक्रिया सम्बन्धी पूर्वतयारीकाे लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ ।
युनिसेफ नेपालकाे सहकार्यमा आज (सनिवार) वडाकार्यालयमा सराेकारवाला समक्ष एक ओैपचारिक कार्यक्रम गरी अभिमुखिकरण कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रममा बालबालिकाका समस्या, सराेकारवालाहरूबाट आजसम्म गरेका काम र बालबालिकाकाे समस्या समाधान लगायतका बारेमा छलफल गरिएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका नगर उप- प्रमुख कल्पना महर साउदका अनुसार नगरपालिकाले बालविवाह र बालश्रम मुक्त नगर घाेषणा गर्न निरन्तर लागि रहेकाे बताउनु भयाे ।
वडा अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष नरेश मलासीका अनुसार सम्पूर्ण वडाबासी र सराेकारवालाकाे सुझावसल्लाह
बमोजिम अगाडि बढेर बालश्रम मुक्त वडा घाेषणा गर्ने बताउनु भयाे । वडाले बालबालिकाकाे क्षेत्रमा महत्त्वपूर्ण याेगदान दिदैआएकाे र अझै बाल संरक्षण सम्बद्ध तर्फ लागि रहने अध्यक्ष मलासीले बताउनु भयाे ।
कार्यक्रममा जनसमुदाय, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, कर्मचारी लगायतको सहभागीता रहेकाे थियाे ।
वडा अनुगमन
त्यस्तै आजै कार्यक्रममा सहभागी र वडाका सम्पूर्ण जनप्रतिनिधिकाे टाेलीले बालश्रम सम्बन्धी वडाभित्र अनुगमन गरेकाे छ । वडा अध्यक्ष नरेश मलासीका अनुसार वडाले बालश्रम मुक्त क्षेत्र घाेषणाकाे प्रक्रिया अगाडि बढाइ रहदा वडाभित्र कसैले बालश्रम गरिरहेकाे छ भने सम्बन्धित व्यक्तिलाई घाेषणा सम्बन्धी पूर्वजानकारीकाे लागि अनुगमन गरेकाे बताउनु भयाे । अध्यक्ष मलासीले थप्नुभयाे ” म आफै स्वयम् बजारमा निस्केर आज सम्पूर्ण क्षेत्रमा अनुगमन गरेकाे छु, हामीले सबैलाई बालश्रम मुक्त वडा घाेषणा सफल पार्न आग्रह पनि गरेका छाैँ तर यदि कसैले लुकिछिपि बालश्रम नगर्न आग्रह पनि गरिसकेका छाैँ ।”
वडा कार्यालयका अनुसार बालश्रम मुक्त वडा घाेषणा फागुन ४ गते जिल्ला सदरमुकाम सिलगढी अबस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयकाे प्राङ्गणमा विविध साँस्कृतिक कार्यक्रम साथ हुने भएकाे छ ।
बालश्रम वडा घाेषणाकाे सन्दर्भमा कुरा गर्दा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ र ८ बालश्रम मुक्त वडा घाेषणा भैसकेका छन् ।











