युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी /डाेटीमा सामुदायिक विद्यालयको आयोजनामा पहिलाेपटक अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरू भएकाे छ ।

जिल्ला सदरमुकाम अबस्थित पद्म पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालयले आफ्नाे ७६औं वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिताको आयाेजना गरेकाे हाे भने प्रतियोगिताकाे उद्घाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्रबहादुर मल्लद्वारा गरिएकाे हाे ।

उक्त प्रतियोगितामा १० विद्यालयका ११ वटा टीमको सहभागिता रहेकाे विद्यालयले जानकारी दिएकाे छ । चारदिने प्रतियोगिताकाे विजेता टिमले रू ३५ हजार र उपविजेता टिमले रू २० हजार नगद पुरस्कार पाउने विद्यालयले जानकारी दिएकाे छ ।

आयोजक विद्यालयका प्रधानाध्यापक केशवराज ओझाका अनुसार आज भएको खेलमा आयोजक पद्म पव्लिकको बी टीमलाई मर्निङ लाइट विद्यालयले पराजित गरेको छ भने त्यसपछि अर्को खेलमा दिल्वेश्वर माध्यमिक विद्यालयले हरिहर माविलाई हराएकाे छ ।

त्यस्तै उत्सवकै अवसरमा अन्तरविद्यालय स्तरीय वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता भाेलि हुने उक्त विद्यालयका शिक्षक इन्द्र बहादुर कुन्जेडाले बताउनु भएकाे छ। आधारभूत तह कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरु सहभागी हुने हाजिरीजवाफकाे पुरस्कार प्रथमले ५ हजार द्वितीयले ३ र तृतीयले २ हजार पुरस्कार पाउने भएका छन् ।

त्यस्तै वक्तृत्वकला प्रतियोगिता कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु बिच प्रतिस्पर्धा हुने भएकाे छ । जसमाध्ये एक विद्यालयबाट एक छात्रा र एक छात्र गरी दुई जनाले भाग लिन पाउने अनुमति रहेकाे छ । वक्तृत्वकलामा प्रथमले ३ हजार द्वितीयले २ र तृतीयले १ हजार पुरस्कार प्राप्त गर्ने शिक्षक कुन्जेडाले बताउनु भयाे ।

आज शुक्रबार सुरू भएकाे प्रतियोगिता विद्यालयले फागुन २ गते आफ्नाे ७६औं वार्षिकोत्सव मनाइ सम्पन्न गर्ने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय