युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा,। बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म चल्ने बस सेवा विवादका कारण रोकिएको छ । स्थानीय तह र स्थानीय प्रशासनले कोल्टीसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरे पनि बस व्यवसायीले सडकको अवस्था देखाउँदै रोकेका हुन ।

गत माघ १३ गते प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र बस व्यवसायीबिचको सहमतिमा जयमालिका यातायातको ना. ५ ख २०४१ नम्बरको बस मार्तडीबाट कोल्टीसम्म पुर्‍याइएको थियो ।

बस व्यवसायीले सडक राम्रो नभएको र दुर्घटनाको जोखिम रहेकाले बस चलाउन समस्या भएको बताइन्छ । कोल्टी बस सेवा स्थानीयका लागि हात्ती आयो फुस्सा भने झैँ भएको बुढीनन्दा नगरपालिका स्थानीय नरे कार्कीले बताउनुभयो ।

२०७२ सालमा मार्तडीमा बस पुगेपछि तल्लो क्षेत्रका स्थानीयलाई केही सहज भएको हो तर जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामिकार्तिक र बुढीनन्दा नगरपालिकाको स्थानीयवासी भने अहिले पनि एक दिन पैदल हिँडेर बस चढ्न मार्तडी आउने गरेका छन् । राजनीतिक दल, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयको रोहबरमा कोल्टीसम्म बस सेवा सञ्चालन गरे पनि बाटो सहज नभएका कारण रोकिएको जयमालिका यातायात समिति बाजुराका अध्यक्ष पृथ्वी रावलले बताउनुभयो ।

बडीमालिकाको बाउली, रजाली र बुढीनन्दाको पाण्डुसैनदेखि कोल्टीसम्मको सडक बस सञ्चालन गर्न योग्य नभएपछि कोल्टीमा बस नलिएको भनाइ उहाँको छ । पाण्डुसैनदेखि कोल्टी सडकको बिच बिचमा राखिएका बिजुलीको पोलले पनि बस चलाउन निकै समस्या भएको देखिन्छ । त्यो पोल पनि चाँडै व्यवस्थापन गर्नुपर्ने रावलले बताउनुभयो ।

यसैबिच मार्तडी बसपार्कदेखि चुथीसम्मको नौ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोड रुपियाँमा बजेट छुट्याइएको छ । सो निर्माणको ठेक्का धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालिले लिएको छ ।

चुथीदेखि ढम्कनेसम्म छ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले ६२ करोड रुपियाँमा जिम्मा लिएको भौतिक पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी देवी ढुङ्गानाले बताउनुभयो । मार्तडीदेखि कोल्टी सडकमा २०७६ सालदेखि नै जिप, ट्क्याटरलगायतका यातायातका सवारीसाधन सञ्चालन भए पनि स्थानीयलाई थप सेवा दिने गरी बस सेवा सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।    गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय