सुर्खेत / कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लामा १४ बर्षिया बालिका माथी सामुहिक बलात्कार भएको छ ।
जिल्लाको पञ्चपुरी नगरपालिका कि ति बालिका साथीको जन्मदिन मनाएर घर फर्किदै गर्दा बाटोमा बलात्कृत भएको भन्दै ईलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिए पछि घटना बाहिर आएको हो ।
परिवारको जाहेरीको आधारमा पञ्चपुरी नगरपालिका–८, का १५ वर्षीय हरिष बुढा, १७ वर्षीय प्रकाश राना र १५ वर्षीय धर्म थापालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक (डीएसपी) राम प्रसाद घर्तीले जानकारी दिए । सुदुरपश्चिममा पनि केहि दिन पहिले मात्र बालिकामाथी सामुहिक बलात्कारका घटनाहरु घटेको देखिएको छ ।