
सिलगढी/ समान पहुँच विकास केन्द्र (सिड) नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा बाल अधिकार सम्वन्धी तिन दिने तालिम सम्पन्न भएको छ ।
दिपायल सिलगढी नगरपालिकामा गठन भएको बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरुलाई लक्षीत गरि संचालन गरिएको उक्त तालिम सिलगढी स्थीत शैलेश्वरी गेष्ट हाउसमा माघ २२ देखी २४ गते सम्म संचालन भएको सिड नेपालका सुनिल जोशीले बताए ।
बाल अधिकार समितिका संयोजक तथा दिपायल सिलगढी नगरपालिका की नगर उपप्रमुख कलावली महरको सभाध्यक्षता रहेको र प्रमुख अतिथिमा नगर प्रमुख विजय खड्का रहेका थिए । तालिममा बालक्लब शाखा प्रमुख, शिक्षा, स्वास्थ्य, सामाजिक, महिला तथा बालबालिका शाखा प्रमुख तथा प्रतिनिधि र वडा अध्यक्षहरुको सहभागीता रहेको जोशीले जानकारी दिएका छन् ।
तालिममा बाल अधिकार, बाल विवाह, बालश्रम जोखीम नक्सांक, राष्ट्रिय अन्तराष्ट्रीय बालाबालिका सम्वन्धी कानून, काम कर्तव्य अधिकार बाल कल्याण अधिकारी सम्वन्धी व्यवस्था, बैकल्पीक स्याहार लगायतको विषयमा छलफल भएको जोशीले बताए ।