डडेल्धुरा: बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना६ख ५४५० नम्बरको बस डडेल्धुराको स्याउलेमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बुधवार राति उक्त बस दुर्घटना परी घाइते भएका ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताइएको छ।घाइतेहरुको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ।
प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ ।











