युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी । कञ्चनपुरमा पाँच महिनाअघि सुनको सिक्री हराएको प्रकरणमा मुछिएका प्रहरी जवानले आफूलाई सिनियर प्रहरी अधिकृतले जागिर छाड्न बाध्य पारेको आरोप लगाएका छन् ।

गत ८ पुसमा जिल्ला प्रहरी कार्यालय बाजुरामा राजीनामा दिएका प्रहरी जवान नरेन्द्र नाथले कञ्चनपुरमा कार्यरत हुँदा जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक विनु शाहीले आफूलाई जागिर छाड्न बाध्य पारेको दाबी गरेका हुन् ।

बाजुराबाट राजीनामा दिएर महेन्द्रनगर घर फर्किएको बताएका नाथले राजीनामा स्वीकृत नभएपछि २२ पुसमा जिप्रका कञ्चनपुरमा बिदाको निवेदन स्वीकृत भए/नभएको बुझ्न जाँदा बिनाकारण प्रहरीले हिरासतमा राखेर कुटपिट गरेको आरोप लगाएका छन् ।

सोही कारण आफूले प्रहरी जवान पदबाट राजीनामा दिएको नाथको भनाइ छ । तर, प्रहरी निरीक्षक शाहीले भने नाथलाई कुटपिट गरेको भन्ने आरोप गलत भएको बताएकी छन् ।

२२ पुसमा जिल्ला प्रहरी कार्यालयमा आएर थुनुवालाई सुर्तीजन्य पदार्थ दिइरहेको बेला नाथलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको शाहीको भनाइ छ ।

तर, भोलिपल्ट सम्झाइबुझाइ गरेर छाडिएको बताउँदै शाहीले नाथसँग सोही दिन पहिलोपटक भेट भएको बताइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले पनि नाथ थुनुवा कक्षमा पुगेर सुर्तीजन्य पदार्थ दिइरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको बताए ।

उनले प्रहरी निरीक्षक शाहीले कुटपिट गरेको भन्ने कुरा अहिलेसम्म जानकारीमा नभएको बताउँदै उजुरी परेमा छानबिन गरिने बताएका छन् ।

सिक्री हराएको घटनामा नाथलाई कारबाही

यस्तै जिल्ला प्रहरी कार्यालयले नाथलाई सिक्री हराएको घटनामा कारबाही समेत गरेको खुलेको छ । गत असोज ६ गते भीमदत्त नगरपालिका-२ को उल्टाखाम चोकमा स्थानीयबीच झगडाका क्रममा कैलालीको गोदावरीका गणेशराज भट्टले लगाएको सुनको सिक्री हराएको थियो ।

स्थानीयले घटनास्थलमा भेटेपछि तत्काल प्रहरी चौकी बागफाँटामा कार्यरत उनै प्रहरी जवान नाथलाई बुझाएको थिए ।

तर नाथले सुनको सिक्री बुझ्न जाँदा टुक्रा टुक्रा पारी पटकपटक गरी बुझाएको भन्दै भट्टले जिल्ला प्रहरी कार्यालयमा गुनासो गरेको डीएसपी डाँगीले बताए ।

त्यसबारे  छानबिन गर्दा नाथले प्रहरीलाई बुझाएको सिक्री सुरक्षित साथ सम्बन्धित व्यक्तिलाई बुझाउनुपर्नेमा नगरेको र नियतबस टुक्राटुक्रा पारी पटकपटक गरी सम्बन्धित व्यक्तिलाई बुजाएको देखिएपछि उनलाई कारबाही गरिएको थियो ।

डीएसपी डाँगीले नाथले पदीय आचरणविपरीत काम गरेको देखिएपछि मंसिर १२ गते अभिलेखमा रहनेगरी नसिहत दिइएको बताए । त्यसको भोलिपल्ट नाथलाई जिप्रका कञ्चनपुरले उनको दरबन्दी भएको जिल्ला प्रहरी कार्यालय सरूवा गरिदिएको थियो ।

तर नाथले बाजुरा गएको महिना दिन नपुग्दै ८ पुसमा राजीनामा दिएका थिए । राजीनामा लेखेर बिदामा महेन्द्रनगर आएका नाथलाई पुस २२ गते मात्र जिल्ला प्रहरी कार्यालयमा देखिएका थिए ।

नाथले प्रहरी निरीक्षक शाहीले आफू बाजुरा सरूवा भएर गएपछि समेत अनावश्यक तनाव दिन थालेपछि राजीनामा गरेको बताउँदै आएका छन् ।

कञ्चनपुर प्रहरीले प्रहरी निरीक्षक शाहीले कुटपिट गरेर अनावश्यक दु:ख दिएको विषयमा उजुरी आएमा छानबिन गर्ने बताएको छ तर अहिलेसम्म नाथले उजुरी नदिएको डीएसपी डाँगीले बताए । अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय