कञ्चनपुर / कञ्चनपुरको भीमदत्त नगरपालिका-१० मा बहु विवाह मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरिएकाे छ ।
मंगलबार दिउँसो महेन्द्रनगर बजारबाट खटिएको प्रहरी टोलीले
साेही ठाउँ कि ३२ वर्षीया देवकी टमटालाई पक्राउ गरेकाे कञ्चनपुर प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिवाना तोकी फैसला सुनाएपछि उनी फरार रहेकी थिइन्।











