काठमाडौं / नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ मा ९ जनाको ज्यान गएको घटना प्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले विज्ञप्ति जारी गर्दै बेपत्ताहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा औषधी र अस्थायी बसोबासको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेका छन् ।
आइतबार विहान गएको पहिरोमा परि दिउसो सम्म ९ जनाको शव फेला परेको छ भने २२ जना अझै वेपत्ता रहेका छन् ।