अछाम / अछाम पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी सब- इन्जिनियर रमिता रावलकाे क्यान्सर राेगका कारण मृत्यु भएकाे छ ।
२५ वर्षको कलिलो उमेरमै उनकाे पाठेघर र ठुलो आन्द्रामा क्यान्सर सङ्क्रमण भएपछि उनी लामाे समयदेखि राेगसँग लडिरहेकी थिन् । अन्ततः नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचार गराइरहेकी रमिताको आज बिहान निधन हुन पगेकाे छ ।
रावल नेपालगन्ज महानगरपालिकामा कार्यरत उनकाे
नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराइरहदा उनकाे स्वास्थ्य अबस्था खस्कदै गएपछि उनकाे काठमाडौँमा निधन भएको हो।











