बैतडी, बैतडी जिल्लाको पाटन नगरपालिका–३ मा
जिप दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
आज बिहान करिब ४ बजेको समयमा साेहि ठाउँ धुरा भन्ने स्थानमा जिप दुर्घटनामा परी घाइते हुनेमा चालक सुर्नया गाउँपालिका–५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन–३ का अन्ताजी ३० वर्षीय धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ । चालक बिष्टको डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खोड्पेबाट बोहोरीगाउँतर्फ गइरहेको सु.प.प्र. ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप दुर्घटनामा परी सडकबाट करिब ७० मिटर तल खसेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भैरहेको छ











