डडेल्धुरा / डडेल्धुरामा भीरबाट खसेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाकाे परशुराम नगरपालिका–९, कुयापानी हट्वानीकी ५३ वर्षीया छन्चरा धामीको सोमबार बिहान जंगलमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी हट्वानी जंगल क्षेत्रमा काम गरिरहेका बेला भीरबाट खसेकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











