डडेलधुरा : डडेल्धुरामा सासुबुहारी मृत अबस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा जिल्लाको अमरगढी नगरपालिका- १ मालम बस्ने वर्ष ६० कि धौली देवी दियाल र २६ वर्षीय पुनम दियाल रहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनीहरू दुबै जनालाई निसासिएर बेहोस अवस्थामा फेला पारेपछि अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार उनीहरूकाे राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर मृत्यु भएको हाे ।
उक्त विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











