युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, । कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य थप गरिएको समयमा पनि पूरा हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण पहिलो पटक थप गरिएको समयावधि सकिँदा पनि स्तरोन्नतिको कार्य पूरा हुन नसकेको हो ।

यहाँ विभिन्न सात प्याकेजमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । धनगढीको क्याम्पस रोडदेखि कट्नी खोलासम्मको सात किलोमिटरको पहिलो प्याकेज स्तरोन्नतिको कार्य मात्रै तोकिएको समयमा पूरा भएको छ । पहिलो प्याकेजको सहरी क्षेत्रमा चार लेनको राजमार्ग बनाइएको छ । बाँकी पूर्वपश्चिम र उत्तरदक्षिणमा स्तरोन्नति भइरहेको छ वटै प्याकेजको निर्माण तोकिएको समयावधिमा पूरा हुन सकेको छैन ।

अधिकांश प्याकेजको काम आधा पनि भएको छैन । ती सबै प्याकेजको पहिलो पटक थप गरिएको समयावधि गएको पुसमै सकिएको छ । लम्की–टीकापुर–खक्रौला खण्डको आठ किलोमिटरमा राजमार्ग स्तरोन्नतिको काम आधा पनि नभएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ । उक्त सडक निर्माणको प्याकेज अनुसार भौतिक प्रगति ३५ देखि ४५ प्रतिशतसम्म पुगेको आयोजना कार्यालयका इन्जिनियर बर्खबहादुर कठायतले बताउनुभयो ।

उहाँका अनुसार पहिलो पटक थप गरिएको म्याद गुज्रिँदासम्म राजमार्ग स्तरोन्नति कार्य पूरा नभएपछि पुनः म्याद थपको प्रक्रिया अगाडि बढाइएको छ । “छ महिनादेखि बढीमा एक वर्षसम्म म्याद थप हुन्छ,” कठायतले भन्नुभयो, “यही गतिमा काम भएमा थपिएको समयमा पनि काम पूरा हुने जस्तो देखिँदैन ।” पूर्वपश्चिम अन्तर्गतको हुलाकी राजमार्ग निर्माणको काम एकदेखि तीन प्याकेजमा स्वच्छन्द जोशी जेभीले काम गरिरहेको छ । कट्नी खोलादेखि १४ किलोमिटर दुरीमा दोस्रो प्याकेजको ३२ करोड ३० लाख रुपियाँमा काम भइरहेको छ ।

त्यस्तै १९ देखि ३१ किलोमिटर खण्डलाई तेस्रो प्याकेज बनाएर स्तरोन्नति भइरहेको छ । यो खण्ड २७ करोड ८५ लाख रुपियाँमा ठेक्का भएको थियो । भजनीको ठेकीपुर पुलदेखि चौथो प्याकेजमा कालिका–जोशी जेभीले काम गरिरहेको छ । ३२ करोड ६६५ लाख रुपियाँमा यो खण्डको ठेक्का भएको थियो । यसै गरी उत्तरदक्षिणतर्फ हुलाकी राजमार्ग निर्माण कार्य अन्तर्गत लम्की–टीकापुर–खक्रौला खण्डको आठ किलोमिटरका पहिलो प्याकेज बनाएर काम भइरहेको छ । यसको ठेक्का अवधि गत असार ५ गते सकिएको हो ।

४० करोड १९ लाख रुपियाँमा ठेक्का पाएर कालिका–कुमार जेभीले काम गरिरहेको छ । आठ देखि १८ किलोमिटरसम्मको दोस्रो प्याकेजको थप म्याद पनि गत पुस २५ गते नै सकिएको छ । ४० करोड ९९ लाखमा एपेक्स–खड्का–कृष्ण जेभीले काम गरिरहेका छन् ।

टीकापुर–खक्रौलासम्म ११ किलोमिटर रहेको तेस्रो प्याकेजको म्याद पुस १३ मै सकिएको छ । यो खण्डमा ३३ करोड २० लाख रुपियाँ लागतमा रायमाझी–गल्वा जेभीले गरिरहेको छ ।

कैलालीमा आर्थिक वर्ष २०६४/६५ देखि आव २०७७/७८ बाट हुलाकी स्तरोन्नतिको कार्य भइरहेको छ । जस अन्तर्गत सहरी क्षेत्रमा चार लेन र बाँकी अरू क्षेत्रमा दुई लेनमा राजमार्ग स्तरोन्नति गरिँदै आएको छ । गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय