काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड १९ स्वयंसेवा गठन गरेका छन् ।
त्यस्तै स्वयंसेवाको कामलाई प्रभावकारी बनाउन र्यापिड रेस्पोन्स टिम र उपसमितिहरु समेत बनेको श्रेष्ठको सचिवालयले जनाएको छ । स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिने बताईएको छ ।
कोरोनाको संक्रमण नियन्त्रणका लागि भएको सरकारी प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भएकाले स्वयंसेवा गठन गरेको श्रेष्ठले बताए ।